प्रकाश छन्त्याल
बागलुङ, २७ साउन २०७६ ।
बागलुङको बरेङ गाँउपालिका अन्तरगतका ३५ वटा सामुदायिक बिद्यालय बर्षे बिदा पछि संचालनमा आएको छ । सर्बोदय माध्यामिक बिद्यालय हुग्दिशिर, हुग्दिशिर प्राथमिक बिधालय पोखराचौर, प्रगती प्राथमिक बिधालय दलेङ, धुल्लु लिउवा मा बि, लिउँवा, शारदा मा.वि, मंगलमय नेपालतारा प्रा.वि बाँस्कोट, नेपाल आमा प्रा.वि काउलेचौर, नेपाल कर्तब्य पालन प्रा.वि उर्लेनी, टिमुरे घाट प्रा.वि टिमुरे, शान्ती प्रा.वि, पन्चरत्न प्रा.वि, नेपाल बिश्व स्वतन्त्र प्रा.वि, सृजना प्रा.वि, अरनिको प्रा.वि, बालज्योती प्रा.वि, जनज्योती प्रा.वि, सगरमाथा प्रा.वि, बालबिकाश आधारभुत बिधालय, ज्ञानोदय आधारभुत बिधालय, जनता प्रा.वि,साग्दी प्रा.वि, धनज्याती प्रा.वि, बसन्त प्रा.वि,सल्यान सुखौरा मा.वि, धौलागिरी प्रा.वि, जनजागृती प्रा.वि, सरस्वती प्रा.वि, शिवालय प्रा.वि, सुखौरा प्रा.वि लगायतका बिद्यालयहरु ४ दिन अघि नै संचालनमा आएको हो । महेन्द्र मा.वि सुखौरा, भृकुटी मा.वि हुग्दिशीर, पुरुषोदय मा.वि बराहकोट, जनकल्याण प्रा.वि सुखौरा र नेपाल तारा प्रा.वि लुङदी भने आईतबार देखि संचालनमा आएको बरेङ गाँउपालिकाका स्रोत ब्यक्ती यज्ञ प्रसाद न्यौपानेले जानकारी दिनु भयो । अबिरल बर्षाको कारण बरेङ गाँउपालिका अन्तरगत गत बर्ष भिषण बाढी पहिरोले केहि बिद्यालयको भौतिक संरचना बिगारेको भए पनि त्यसलाई गाँउपालिका लगाएत दाताहरुबाट सहयोग लिई पठनपाठनलाई सहजता बनाउन बिगे्रका संरचनाको सुधार गरिएको बताइएको छ ।

बर्षे बिदा पश्चात बागलुङका अधिकांश बिद्यालयहरु खुल्न थाले, वरेङका सबै बिद्यालय सञ्चालनमा
याे सामग्री सेयर गर्नुहाेस्
फेसबुक मार्फत टिप्पणाी गर्नुहाेस्