सुजन प्रेमी
बागलुङ, २७ साउन २०७६ ।
जिल्लाको जैदीमा रहेको जैदी स्वास्थ्य चोकीको भवन जिर्ण अवस्थामा पुगेको छ । जैमिनी नगरपालिका वडा नं ७ जैदी स्थित जैदी स्वास्थ्य चौकीको भवन जिर्ण भएको जैमिनी नगरपालिकाका नगर उप प्रमुख लिला रानाले जानकारी दिनुभयो ।
स्वास्थ्य चौकीमा पानि चुहीने र भित्ताहरु आफै उप्किने गरेको रानाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सहित पोष्ट गर्नुभएको छ । “जैमिनि नगर पालिका ७ स्वास्थ्य चौकिको भवनको हालत । पानी चुहिने र भित्ता आफै उक्किने जोखिम पुर्ण अवस्थामा रहेको पाईयो” । रानाले लेख्नुभएको छ ।
तस्बिरमा देखिए अनुसार भित्तामा पानि रसाएको छ भने छानाबाट पानि चुहिने गरेको छ । यदी पानि पर्योभने भित्र बस्दापनि छाता ओड्नुपर्ने स्थिती आउने गरेको स्थानियहरुले बताएका छन् । भवन जोखिमपुर्ण अवस्थामा रहेकोले यसको पुन निर्माण गर्न स्थानियहरुले अनुरोध गरेका छन् ।
फोटोः जैमिनी नगरपालिकाका नगर उप–प्रमुख लिला रानाको फेसबुकबाट
फेसबुक मार्फत टिप्पणाी गर्नुहाेस्