सरकारले अझै पनि कोरोनाविरुद्धको खोप किन ल्याउँदै छ ? यस्ताे छ कारण

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, १६ असार २०८१ ।

सरकारले कोरोना भाइरसविरुद्धकाे खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप आज कतार एअरवेजमार्फत ल्याएको हो ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले आज ४६ हजार ८० हजार मात्रा खोप ल्याइएको जानकारी दिनुभयो । नेपालमा गएकाे जेठमा नयाँ भेरियन्ट ‘केपी १’, ‘केपी २’, ‘केपी ३’ र ‘केपी ४’ देखिएसँगै सरकारले खोप ल्याएको हो ।

खाेप शाखाका प्रमुख गाैतमले आजदेखि नियमित रूपमा पाँच दिनसम्म कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइने बताउनुभयो । उहाँले विदेश जाने, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती र स्वास्थ्यकर्मीलाई खोप लगाइने बताउनुभयो ।

खोप ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेशन (गाभी) को अनुदानमा ल्याइएको हो । सरकारी अस्पतालमा अहिले पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने गरिन्छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो