कोरोनाको खोप सबैको पहुँचमा पुर्‍याउन ठुलाे चुनौति,८२ प्रतिशत खाेप धनि देशकाे कब्जामा

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाैँ, १७ बैशाख २०७८ ।

विश्वमा कोरोनाविरुद्धको खोप धनि देशकाे पहुँचमा रहेकाे डब्ल्यूएचओले बताएकाे छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुखले कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गर्नु भएकाे हाे ।  विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर गरिब देशको पहुँचमा जम्मा ०.३ प्रतिशत मात्र रहेको डब्ल्यूएचओकाे भनाइ छ ।

 

एक कार्यक्रममा डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले सो अभिव्यक्ति दिनुभएकाे हाे । उहाँका अनुसार विश्वभर अझै पनि एक अरबभन्दा बढी कोरोनाविरुद्धको खाेपकाे डोज रहेकाे छ ।

 

ग्रेब्रेयससले भन्नुभयाे, ‘सच्याई यही हो । महामारीमा कोरोनाविरुद्धको खोप सबैको पहुँचमा पुर्‍याउने सबैभन्दा ठूलो चुनौति छ । किनभने यो राजनीतिक, आर्थिक र सामाजिक स्थिरताको कडी हो ।’

 

कोरोना महामारीलाई नियन्त्रणमा लिन अहिले एकमात्र उपाय धेरैभन्दा धेरै व्यक्तिलाई खोप दिनु नै रहेको डब्ल्यूएचओ प्रमुखको भनाइ छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार