आजदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढ्याे, निगमका कर्मचारी भत्तामा लिप्त

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, ६ माघ २०७८ ।

नेपाल आयाल निगमले पुनः पेट्रोलको मूल्य बढाएको छ । बिहिबारदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपियाँ वृद्धि गरेको हो ।

डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ बढेको छ । मूल्य वृद्धिसँगै अब पेट्रोलको प्रतिलिटर १३९ रुपियाँ पुगेको छ भने डिजेल र मट्टितेल १२२ रुपियाँ पुगेको छ ।

त्यस्तै आन्तरिक हवाई इन्धनमा पाँच रुपियाँ वृद्धि गरेको छ । मूल्य वृद्धिसँगै आन्तरिक हवाई ईन्धनको मूल्य अब प्रतिलिटर १०६ रुपियाँ पुगेको छ ।

एलपी ग्याँसमा अत्यधिक घाटा भए पनि ग्याँसको मूल्य यथावत राखिएको निगमले जनाएको छ । पेट्रोलियमको मूल्य बढे पनि अझै निगमलाई १५ दिनमा एक अर्ब ८८ करोड रुपैयाँ घाटा हुने प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

पछिल्लो पटक मिति २०७८ कात्तिक २४ गते मूल्य समायोजन भएको थियो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १२ पटक नयाँ मूल्य प्राप्त गरेको र अधिकांश पटक मूल्य बढेर आएको भएपनि ३ पटक मात्र मूल्य समायोजन गरेको निगमले जानकारी दिएको छ ।

निगमले करिब १९ अर्व २६ करोड घाटा व्यहोरिसकेको र आगामी २३ जनवरी, २०२२ मा तेल खरिद वापत भुक्तानी गर्न निगमलाई झण्डै २ अर्ब रुपैयाँ नपुग हुने स्थिति देखिएको निगको दावी छ । ‘सो रकम मूल्य स्थिरीकरण कोषबाट व्यहोर्नुपर्ने बाध्यात्मक स्थिति समेत सिर्जना भएको छ । निगमले घाटा देखाइरहँदा कर्मचारीहरूले भने तीन गुणासम्म अधिक सुविधा लिएकाे पाइएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार