बलेवा बिमानस्थलकाे स्तराेन्नति गरिने, बागलुङबासी खुशी

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाै, १५ जेठ २०७९ ।

सरकारले आउँदो आर्थिक वर्ष २०७९/८० काे बजेटमा बागलुङकाे बलेवा विमानस्थलकाे स्तराेन्नति गर्ने घाेषणा गरेकाे छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले बलेवा बिमानस्थलकाे स्तराेन्नति गर्ने जानकारी गराउनुभएको हो ।

अहिले बन्द रहेकाे बलेवा विमानस्थलकाे स्तराेन्नति गर्ने भएपछि बागलुङबासीहरू खुशी भएका छन् । बलेवा विमानस्थलकाे धावनमार्ग कालाेपत्रे गरिएकाे भएपनि अहिले जहाज चलेकाे छैन ।

अहिले संघीय संसदकाे दुवै सदनकाे संयुक्त बैठकबाट बजेट भाषण भैरहेकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार