सुनको भाउ आज ह्वात्तै बढ्याे, चाँदीकाे मुल्य पनि बृद्धी

काठमाण्डाै, ११ फागुन २०७७ ।

सुनको भाउ आज ह्वात्तै बढेकाे छ । हिजाे स्थिर रहेकाे सुनकाे मुल्य आज तोलामा १ हजार १ सय रुपैयाँले बढेको हाे ।

आज सुनकाे भाउ तोलाको ९० हजार एक सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अघिल्लो हप्ताको अन्तिम दिन भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ यो हप्ता लागेदेखि फेरि बढ्न थालेको छ ।

आइतवार तोलामा ८ सयले बढेर ८९ हजार रुपैयाँमा पुगेको सुनको मूल्य हिजो भने स्थिर थियो । तर, आज फेरि तोलामा ११ सय रुपैयाँले बढेको हो । त्यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर १३ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा १३ सय ३५ रुपैयाँ थियो ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्