सेयर कारोबार सम्बन्धी जानकारी: के तपाई सेयर बजारबाट आम्दानी गर्ने सोचमा हुनुहुन्छ ?

HOW TO TRADE SHARE ?
DEMAT कहा गएर खोल्ने?
DEMAT a/c खुलिसकेपछि अब के गर्ने त?
के विदेश बसेर नेपालको सेयर किन्न सकिन्छ?
मेरो सेयर के हो?
मलाई Secondary Market मा सेयर किन्नु मन छ त्यसको लागि के गर्नुपर्ला?
अब हामी एउटा एउटा कुरालाई explain गर्नेछौं:

Depository participant (DP) भनेको के हो?
जसरी नेपाल राष्ट्र बैंकले जनतासामू आफ्नो service बैंकहरूद्वारा पुर्याउँछ त्यसरी नै CDSCL ले आफ्नो service एजेन्ट द्वारा जनता (Investor) सम्म पुर्याउँछ| यी agent हुन् depository participant |

हाल नेपालमा 76 वटा licensed depository participants हरु छन् | यिनै 76 depository participants हरु mero share मा registered छन | हाल 64 वटा बैंकहरू C-ASBA मा registered छन्| तपाईले DP लाई बुझाउने सबै कागजपत्र नागरिकता,फार्म आदि विवरण DP ले CDSCL लाई बुझाउछ| तपाईं चाहे बैंकमा जानुस् या ब्रोकरकोमा जानुस् Demat a/c खोल्नको लागि तपाईले बुझाउने सबै documents हरु उनीहरुले CDSCL लाई बुझाउँछन् | documents verify भैसकेपछि CDSCL ले तपाईंको Demat a/c number जारी गर्छ| यही कारणले Demate a/c number आउन 2 देखि 7 दिन लाग्ने गर्छ |

DEMAT कहा गएर खोल्ने?
तपाईं कुनै पनि बैंक या ब्रोकरकोमा गएर उसले दिएको फार्म भरेर उनीहरुलाई तपाईंको पासपोर्ट साइजको फोटो आफ्नो नागरिकता दिएर Demat a/c का लागि apply गर्न सक्नुहुन्छ| Demat a/c account खोल्नको लागि कुनै पनि पैसा लाग्दैन | माथि उल्लेख गरिएअनुसार 2 देखि 7 दिनभित्र हजुरले Demat a/c number पाउनुहुन्छ|

Demat account खुलिसकेपछि अब के गर्न?
Demat a/c number आइसकेपछि तपाईंले अझै दुई वटा फर्म भर्नुपर्ने हुन्छ पहिलो CRN नम्बरको लागि भर्नुपर्ने हुन्छ भने अर्को फर्म meroshare ko id password को लागि भर्नुपर्ने हुन्छ | याद राख्नुहोला mero share website ko Id & password, CRN नम्बर नभइकन तपाईले IPO मा online apply गर्न सक्नुहुने छैन|

Mero Share के हो ?
Meroshare CDSCL को online service हो जसमार्फत investor ले Demat a/c को transaction details online loge in गरेर हेर्न सक्छन्| यस website मा बैंक अकाउन्ट् नम्बर link गर्नसक्ने सुविधा छ | IPO खुलेको विवरण यसबाट जान्न सकिन्छ र IPO मा apply गर्न सकिन्छ | IPO मा apply गरिसकेपछि बैंकको पैसा केही समयको लागि Freeze हुन्छ | IPO को result आइसकेपछि तपाईले भरेको कित्ता सेयर तपाईंलाई पर्यो भने बैंकबाट पैसा घट्छ र सो share तपाईंको DEMAT a/c मा आउँछ|

ASBA भनेको के हो ?
माथि उल्लेख भएअनुसार IPO मा apply गरिसकेपछि केही समयको लागि (जबसम्म IPO को result आउँदैन तबसम्मका लागि बैंकको पैसा अचल हुन्छ| यो process लाई Application Supported by Blocked Amount अर्थात ASBA भन्यो |

के म विदेशमा बसेर online IPO भर्न सक्छु त?
यदि तपाईंसँग mero share website को id password छ भने र तपाईंको bank account मा पर्याप्त रकम छ भने meroshare log in गरेर नेपाल बाहिरबाट अर्थात् विदेशबाट apply गर्न सक्नुहुन्छ| हाल mero share को website मा Geo Restrictions enable गरिएको छैन| तैपनि नेपालबाहिर बसेर नेपालीहरुले meroshare login गरेर IPO मा apply गर्ने गरेका छन ।

मलाई secondary market मा किन्नु मन छ त्यसको लागि के गर्नुपर्ला?
पहिला त हामी primary market भनेको के हो र secondary market भनेको के हो भन्ने कुरा तर्फ लागौं | IPO primary market हो भने शेयर बजारमा गएर किनबेच गरिने market लाई secondary market भनिन्छ | सेयर बजारमा कारोबार गर्नको लागि तपाईंले ब्रोकरकोमा गएर आफ्नो नागरिकताको प्रतिलिपि, demat a/c number, passport size photo दिएर एउटा फर्म भर्नुपर्ने हुन्छ र ब्रोकरले तपाईलाई दुई चार दिनमै id & password प्रदान गर्छ जसबाट तपाइँ सेकेन्ड्री मार्केटको share online किनबेच गर्न सक्नुहुन्छ | |

तपाईंले कि Online गर्न चहानु हुन्छ भने Broker account अथवा Trading account खोल्दा online कारोबार गर्न एउटा TMS form पनि भर्नु पर्ने हुन्छ र ConnectIPS or Global ime को account छ भने Direct Bank को through broker लाई collateral deposit गर्न सक्नु हुन्छ कि online गर्नु हुन्न भने ब्रोकर सँग limit लिनुपर्ने हुन्छ कि तपाईं कति limit सम्म कारोबार शेयरबजारमा गर्न चाहनुहुन्छ |

यदि तपाई एक लाखको कारोवार गर्न चाहनुहुन्छ भने त्यसको 25% अर्थात 25 हजारको एउटा साइन गरेको तर date बिनाको cheque ब्रोकरकोमा जम्मा गर्नुपर्ने हुन्छ | यो cheque ब्रोकरले तबसम्म बैंकमा गएर deposit गर्दैन जबसम्म तपाईंले कुनैदिन शेयरको कारोबार गरिसकेपछि T+2 days भित्र ब्रोकरलाई सो रकम प्रदान गर्नु हुन्न|
विस्तृत जानकारीका लागि नजिकको ब्रोकरकोमा गएर बुझ्नु होला ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्