बरेङमा हात्तीपाईले रोग निवारण अभियान: गाउँपालिका स्तरीय योजना तर्जुमा गोष्टि सम्पन्न

दिपेन्द्र परियार
बागलुङ, १७ चैत २०७७ ।

राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियान सम्पन्न पार्न बरेङमा गाउँपालिका स्तरीय योजना तर्जुमा गोष्टि सम्पन्न भएको छ । पटक पटक औषधि सेवन गर्दा पनि हात्तिपाईले रोग निवारण नहुँदा उत्पन्न परिस्थितिको सन्दर्भमा पालिका स्तरीय गोष्टि गरिएको हो ।

मंगलबार बागलुङ जिल्लाको बरेङ गाउँपालिकाको केन्द्र सुदालामा सम्पन्न राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तरगत बहुनिकाय अन्तरक्रिया गोष्टिमा सहभागीहरुले बागलुङमा हात्तिपाइले निवारण नहुनुको पछाडि मुख्यतः जनचेतनाको कमी र औषधि प्रतिकोे नकारात्मक बुझाई रहेको बताएका छन । व्यापक रुपमा प्रचारप्रसार गर्ने र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा हात्तिपाईले रोगको औषधि खुवाउन सके यो रोग निवारण गर्न सफल हुने सहभागीहरुको बुझाई छ ।

हात्तीपाईले रोग विरुद्धको औषधि सेवन कार्यक्रमलाई थप प्रभावकारी व्यवस्थित र नतिजामूखी बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बरेङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले जानकारी दिनुभयो । बरेङ गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुन र स्टाफ नर्स मार्टिना थापाले कार्यक्रमको उद्देश्य र हात्तिपाईले रोग सम्बन्धी सहजीकरण गर्नुभयएको थियो ।

बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बरेङ गाँउपालिकाकी उपाध्यक्ष दिलकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत रमेश थापा, पालिकाका ५ वटै वडाका वडा अध्यक्षहरु, विभिन्न दल तथा संघ सस्थाका प्रतिनिधिहरु निजी क्लिनिकका स्वास्थ्यकर्मीहरु लगाएतको सहभागीता रहेको थियो ।

गण्डकी प्रदेशको बागलुङ, पर्वत र लमजुङ गरि ३ जिल्ला सहित देश भरीका १३ जिल्लामा यहि चैत्र २० गते देखि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा हात्तीपाईले रोग विरुद्धको औषधि खुवाइँदैछ ।
ओछ्यान परेका बिरामी, २ बर्ष भित्रका बालबालिका, ७ दिन भित्रका सुत्केरी र गर्भवती बाहेक सबै व्यक्तिहरुले औषधि सेवन गरी कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन बरेङ गाउँपालिकाले अनुरोध गरेको छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्