एकैदिन ४ हजार भन्दाधेरै संक्रमित निकाेभएः८ हजार भन्दा धेरैमा संक्रमण पुष्टि,५२ जनाकाे मृत्यु

काठमाडाैँ, २६ बैशाख २०७७ ।

नेपालमा एकैदिन ४ हजारभन्दा धेरै काेराेना संक्रमित निकाे भएका छन् ।

आइतबार मात्रै ४ हजारभन्दा धेरै काेराेना संक्रमित संक्रमण निकाेभएर घर फर्किएका हुन् । पछिल्लाे २४ घण्टामा काेराेना संक्रमित मध्ये ४ हजार २२ जना काेराेना संक्रमण निकाे भएर डिस्चार्रज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमण निकाे हुनेकाे कुल संख्या ३ लाख २ हजार ७ सय ५७ पुगेकाे छ ।

 

यस्तै आठ हजार ८ सय ५० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । देशभरीका भिभिन्न प्रयाेगशालामा १८ हजार ७ सय ८७ नमुनाकाे पीसीआर परीक्षणमा ८ हजार ७ सय ७७ जना र ५ सय ६ नमुनाकाे एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या ३ लाख ९४ हजार ६ सय ६७ पुगेको छ । हाल ८८ हजार १ सय ६० जना सक्रिय संक्रमित छन् ।

 

साथै पछिल्लो चौबीस घण्टामा  थप ५२ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । पछिल्लो चौबीस घण्टामा ५२ संक्रमितकाे मृत्युको रिपोर्ट प्राप्त भएको र बाँकी विभिन्न स्थानमा २६ जना संक्रमितकाे मृत्यु भएकाे समेत थप गरी कुल ८८ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।  याेसँगै नेपालमा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे कुल संख्या ३ हजार ७ सय २० पुगेकाे छ ।

 

याे सामग्री सेयर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार