कैलाली र कञ्चनपुरका गरी सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना संक्रमितकाे मृत्यु

याे सामग्री सेअर गर्नुहाेस्

कैलाली, २६ बैशाख २०७७ ।

कैलाली र कञ्चनपुरका गरी सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना संक्रमितकाे मृत्यु भएकाे छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत थप सात जना कोरोना संक्रमितको आइतबार मृत्यु भएको हाे । सेती अस्पताल र मातहतको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीका ४ र कञ्चनपुरका ३ जना कोराेना संक्रमितकाे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

 

कैलाली जिल्लाकाे धनगढी उपमहानगरपालिका–४ की ३७ वर्षीया महिला, वडानं १८ का ५० वर्षीय पुरुष, गोदावरी नगरपालिका–२ का ५८ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका–९ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

 

यस्तै कञ्चनपुर जिल्लाकाे पुनर्वास नगरपालिका–६ का ४२ वर्षीय पुरुष र वडा नम्बर ११ का ७४ वर्षीय पुरुष र भीमदत्त नगरपालिका–१८ की ६० वर्षीया महिलाको पनि उपचारकै क्रममा मृत्यु भएको छ ।

 

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६ सय २३ नमुनाकाे परीक्षण गर्दा ३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये धनगढी उपमहानगरपालिकाका मात्र २ सय ४० जना छन् भने कैलालीकै अन्य स्थानीय तहका ७३ जनाका साथै  अन्य जिल्लाका १५ जना रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार