बागलुङमा काेराेना संक्रमणबाट एक महिलाकाे ज्यान गयाे

याे सामग्री सेअर गर्नुहाेस्

 

बागलुङ, १७ जेठ २०७८ ।

बागलुङमा काेराेना संक्रमणबाट २५ बर्षीय महिलाकाे ज्यान गएकाे छ । जिल्लाकाे बागलुङ नगरपालिका वडा नम्बर १३ पैयुँपाटाकी २५ वर्षीया महिलाको काेराेनाका कारण ज्यान गएकाे हाे ।

स्वास्थ्यमा समस्या भएपछि जेठ १२ गते धौलागिरी अस्पतालमा भर्ना भएकी महिलाको अस्पतालले पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

रक्तअल्पता र कोभिड निमोनियाको समस्याबाट ग्रसित महिलाकाे सा्ेमबार विहान धौलागिरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

यो सँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार