काेराेनाकाे स्थिति भयावह बन्दै, एकैदिन ११ हजार भन्दा बढिमा कोरोना संक्रमण पुष्टि

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, ५ माघ २०७८ ।

पछिल्लो २४ घण्टामा ११ हजार तीन सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २३ हजार चार सय नौ जनाको नमूना परीक्षण गर्दा ११ हजार तीन सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

यो दैनिक विवरण अनुसार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमण भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ६ सय १३ संक्रमणमुक्त भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो । थप चार जनाकाे भने कोरोना संक्रमणका कारण ज्यान गएकाे छ ।

अहिले देशभरमा ४७ हजार ९२९ जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार