थप १२ जनामा काेराेना संक्रमण पुष्टिः ८९ जना निकाेभए,६ सय ६९ जनामा संक्रमण सक्रिय

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाैं, २५ चैत २०७८ । 

नेपालमा गत २४ घण्टामा थप १२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

पछिल्लाे २४ घणटामा परीक्षण गरीएका नमुना मध्ये थप १२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । २ हजार ७ सय २८ नमुनाकाे पीसीआर र १ हजार ६ सय २१ नमुनाकाे एन्टिजेन सहित कुल ४ हजार ३ सय ४९ जनाको नमुना परीक्षण गरीएकाेमा थप १२ जनामा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाेछ । याेसँगै नेपालमा पीसीआर परीक्षणबाट ९ लाख ७८ हजार ५ सय ५६ र एन्टिजेन  परीक्षणबाट १ लाख ४० हजार १ सय ४८ गरी कुल संक्रमित संख्या ११ लाख १८ हजार ७ सय ४ पुगेकाे छ ।

 

यस्तै २४ घण्टामा ८९ जना कोरोना संक्रमण निकाेभइ घर फर्कीएका छन् ।  याेसँगै नेपालमा काेराेना संक्रमण निकाे हुनेकाे कुल संख्या ९ लाख ६५ हजार ९ सय ३६ पुगेकाे छ । उक्त निकाेहुने दर कुल संक्रमित मध्ये ९८ दशमलव ७ प्रतिशत हाे ।

 

गत २४ घण्टामा भने काेराेना संक्रमणका कारण  कुनैपनि  बिरामिकाे ज्यान नगएकाे मन्त्रालयले जनाएकाे छ । हाल नेपालमा ६ सय ६९ जनामा कोरोना संक्रमण सक्रिय छ । अहिले सम्मकाे तथ्यांक हेर्दा नेपालमा काेराेना संक्रमणका कारण कुल ११ हजार ९ सय ५१ जनाकाे ज्यान गएकाे छ ।

 

यस्तै २४ घण्टाकाे अवधिमा थप २६ हजार ४५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार