रूपन्देहीमा काेराेना संक्रमणका कारण थप ४ जनाकाे मृत्यु

रूपन्देही, २२ बैशाख २०७८ । 

रूपन्देहीमा काेराेना संक्रमणका कारण थप ४ जनाकाे मृत्यु भएकाे छ ।

काेराेना संक्रमणका कारण उपचाररत ३ महिला र १ पुरुष गरी थप ४ जनाकाे मृत्यु भएकाे हाे ।  रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालकाे फिबर क्लिनिकमा मंगलवा राती र बुधवार बिहान गरी उपचा गराइरहेका थप चार जना काेराेना संक्रमितको  मृत्यु भएको छ । बुटवल कोरोना विशेष अस्पतालमा बेड नपाएपछि उनीहरु फिबर क्लिनिकमै भर्ना भएका थिए ।

 

बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुषमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका पुरूषकाे मंगलबार राति १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयाे ।

 

साथै बैशाख १९ गते संक्रमण पुष्टि भई उपचारका लागि ल्याइएकी कञ्चन गाउँपालिका–४ की २७ वर्षीया महिलाको बुधबार बिहान ५ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पताले जनाएकाे छ ।

 

बुटवल ९-कि ५४ वर्षीया महिलाकाे पनि बुधबार बिहान मृत्यु भएको छ ।  बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाइ सोही दिन अस्पताल भर्ना गरीएकाे थियाे । यस्तै १४ गते कोरोना संक्रमण पुष्टि भएकी तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिलाकाे  मृत्यु भएकाे छ । २१ गते अस्पताल भर्ना भएकाेमा उपचारका क्रममा बुधबार बिहान  मृत्यु भएको अस्पतालका प्रवक्ता गौतमले जानकारी दिनुभयाे ।  दुवैजनाकाे बुधबार बिहान करीब साँढे छ बजेकाे हाराहारीमा मृत्युभएकाे बताइएकाे छ ।

 

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्