सुखद् खबर: नेपालमा कोरोना संक्रमितहरु घट्दै, ६ हजारको परिक्षण गर्दा १ सयमा संक्रमण पुष्टि

काठमाडौ, २१ फागुन २०७७ ।

पछिल्लो समय नेपालमा एक सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

६ हजार एक सय ४३ जनाको पीसीआर परीक्षण गर्दा एक सय २० जनामा कोरोना पुष्टि भएको हो । शुक्रवार थपिएकासँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ६ सय आठ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै शुक्रबार थप ८३ जना कोरोना संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई लाख ७० हजार सात सय ६६ पुगेको छ ।

पछिल्लो समय नेपालमा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा तीन हजार १० जनाको ज्यान गै सकेकोे मन्त्रालयले जनाएको छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्