थप भन्दा झण्डै दाेब्बर संक्रमित निकाे भएः निकाेहुने दर बढ्दै, सक्रिय संक्रमित ६५ हजार नजिक

काठमाडौं, ३१ जेठ २०७८ ।

नाेपालमा थप भन्दा झण्डै दाेब्बर काेराेना संक्रमित एकैदिन निकाे भएका छन् ।

साेमबार देशभरीका बिभिन्न प्रयाेगशालामा काेराेना पुष्टि भएका भन्दा झण्डै दाेब्बर काेराेना संक्रमित एकैदिन निकाे भएका हुन् । गत २४ घण्टामा देशभर ५ हजार १ सय ४७ जना कोरोना संक्रमण निकाे भएका छन् । योसँगै कोरोना संक्रमण निकाेभइ डिस्चार्ज हुनेकाे कुल संख्या ५ लाख ३६ हजार २ सय ५२ पुगेको छ ।

 

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  ९ हजार ४ सय ३८ पीसीआर परीक्षणमा २ हजार ४९ जनामा र ५ हजार ३ सय ८१ एन्टिजेन परीक्षणमा ८ सय ६९ जना गरी कुल  २ हजार ९ सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा मात्रै कोरोना संक्रमण देखिनेको संख्या ६ लाख १० हजार ५ सय २१ पुगेको छ ।

 

देशभरका बिभिन्न स्थानमा गरी थप ५३ जनाको काेराेना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८ हजार ४ सय ६५ पुगेको छ ।  हाल देशभर ६५ हजार ८ सय ४ जनामा काेराेना भाइरसकाे संक्रमण सक्रिय रहेकाे मन्त्रालयले जनाएकाे छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्