२२९९ जनामा काेराेना संक्रमणः ३४५१ संक्रमण मुक्त, थप ३४ जनाकाे ज्यान गयाे

काठमाडौं, १८ असार २०७८ ।

नेपालमा थप २ हजार २ सय ९९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । ६ हजार ५ सय ६६ नमुनाकाे पीसीआर परीक्षणमा १ हजार ३ सय ९१ र ४ हजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ सय ८ जना गरी कुल  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ५३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २९ हजार २ सय ७४  रहेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ जना काेराेना संक्रमण निकाेभइ घर फर्किएका छन् । योसँगै कोरोना संक्रमण  निको हुनेको कुल संख्या ६ लाख ३ हजार ६ सय पुगेको मन्त्रालयले जनाएकाे छ ।

 

देशभरका विभिन्न स्थानमा गरी थप ३४ जनाको काेराेना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ७९ पुगेको छ ।

 कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३ सय १६, झापामा ८६, ललितपुरमा ७८, सुनसरीमा ७३, कास्कीमा ६४, चितवनमा ५३, धादिङमा ५२, नवलपरासी पुर्व र डोटीमा ३९/३९ जनामा सप्तरी र गुल्मीमा ३७/३७ जना, नुवाकोटमा ३६, भक्तपुरमा ३४, काभ्रेपलाञ्चोकमा ३०, मोरङ र मकवानपुरमा २९/२९ जना, रुपन्देहीमा २८, तनहुँमा २५, कपिलवस्तुमा २४, पाल्पामा २३, लमजुङमा २१ जना कोरोना संक्रमित थपिएका छन् ।

 

यस्तै कैलालीमा १९, दैलेखमा १६ जना, धनुषा, दाङ र सुर्खेतमा १४/१४ जना, महोत्तरीमा १२ जना र रसुवामा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । १० वर्ष मुनिका ५६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्