Breaking News: काेराेनाका कारण पर्वतकाे एक सहित गण्डकी प्रदेशमा ८ जनाकाे मृत्यु

बागलुङ, १९ बैशाख २०७८ । 

काेराेना संक्रमणका कारण पर्वतकाे एक सहित गण्डकी प्रदेशमा ८ जनाकाे मृत्यु भएकाे छ ।  स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेका प्रेस विज्ञप्ती अनुसार ८ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे हाे ।

मृत्यु हुनेहरूमा कास्कीको पोखरा महानगरपालिका–१६ का ७७ बर्षिय  पुरुष रहेका छन् जसकाे शुक्रबार दिउँसो होम आईसोलेसनमा मृत्यु भएको निर्देशनालयले जनाएकाे छ । यस्तै पोखरा–२६ का ५८ बर्षिय कोरोना संक्रमित महिलाको शुक्रबार बिहान मणिपाल शिक्षण अस्पतालमा, पर्वको कुश्मा नगरपालिका–५ की ७६ बर्षिय महिला र दाङको राप्ती गाउँपालिका–५ का ४३ बर्षिय पुरुषको शुक्रबार नै गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका  निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिनुभयाे ।

यता पोखरा–१६ का ७३ बर्षिय पुरुष र पोखरा–१० की एक महिलाको शुक्रबार नै मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । पोखरा–१९ का ५४ बर्षिय पुरुषको शुक्रबार गण्डकी मेडिकल कलेजमा र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का ७५ बर्षिय पुरुषको मेडिप्लस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको विवरणमा उल्लेख छ । अध्यावधिक विवरण अनुसार गण्डकीमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३१ पुगेको छ ।

 

May be an image of text

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्