९ वर्षसम्म यौन उत्पीडनको शिकार भएकी महिलाको कहानी

भारत । तेलंगनामा २५ वर्षकी एक महिलाले पछिल्लो साता प्रहरीमा उजुरी गरिन् । उनको उजुरीमा लेखिएको थियो गएको ९ वर्षमा उनको साथ एक सय ३९ जनाले बलात्कार गरे ।

शुक्रबार हैदराबादको पुञ्जागुट्टा पुलिस स्टेशनमा उजुरी दर्ता भएको हो । नालगोण्डामा बस्ने ती युवती एनजीओ गडपावर फाउण्डेशनको सहयोगमा पुलिस स्टेशन पुगेकी थिइन् ।

बीबीसी तेलेगुकी दीप्ति बाथिनीले ती युवती र गडपावर फाउण्डेसनको राजश्रीकर रेड्डीसँग कुराकानी कुराकानी गरेकी थिइन् । ती युवतीको भनाइ अनुसार उनलाई १५ वर्षको उमेरका विवाहको लागि बाध्य बनाइएको थियो ।

उनका बुबा आमा मजदुर थिए । केटापक्षले उनको विवाहको लागि उनका बुबा आमाको लागि दबाब दिए । उनको राय बिना नै उनको विवाह भयो । विवाह पश्चात् उनका घर परिवारले दाइजोको माग गर्न थाले । उनका बुबा आमाले जति सके त्यति दिए ।

तर उनका घर परिवारले उनलाई देह व्यापारमा लगाए । उनका परिवारले यसबारेमा बाहिर जानकारी दिएमा उनका बुबाआमा मारिदिने धम्की दिएका थिए । तर उनले सन् २०१० मा हिम्मत जुटाएर श्रीमानसँग सम्बन्धबिच्छेद गरिन् ।

त्यसपछि उनी माइती गइन् । त्यहाँ बस्दा उनको एक साथीसँग परिचय भयो । उनको ती साथीलाई उनी कुन परिस्थितिमा गुज्रिरहेकी छिन् भन्नेबारे जानकारी थियो । उनले आफ्नो भाइ एम सुमन विद्यार्थी नेता भएको र उनको उद्धार गरिदिने बताइन् । तर एम सुमनले उनको नग्न फोटो र भिडियो बनाएर ब्ल्याकमेल गर्न सुरु गरे ।

उनले आफ्नो उजुरीमा मुख्य आरोपी एम सुमन बताएकी छिन् । एम सुमन र उनको दिदीले शिक्षाको लागि भनी उनका बुबाआमाबाट अनुमति मागेर हैदराबाद लगेका थिए भने उनलाई नग्न तस्बिरका कारण ब्ल्याकमेल गरिरहेका थिए ।

उजुरीमा उनले भनेकी छिन् सुमन र उनका साथी हैदराबादमा सेक्स र्‍याकेट चलाइरहेका थिए । उनलाई उनीहरुले अलग अलग व्यक्तिसँग सुत्नका लागि पठाउँथे । उनले उनको साथमा जबरजस्ती गर्नेमा तेलेगु फिल्मका केही कलाकार, सञ्चारमाध्यमका मानिस, नेता तथा तिनीहरुका असिस्टेन्ट रहेको बताएकी छिन् ।

– बीबीसी हिन्दीबाट

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्