बिनामारेमा भेटिएका एक बेवारिसे युवालाई परिवारको जिम्मा लगाइयो

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १८ चैत २०७८ ।

बिनामारेमा एकजना बेवारिसे युवकलाई समातेर परिवारको जिम्मा लगाइएको छ । बागलुङको जैमिनी नगरपालिका ५ बिनामारेमा बेवारिसे अवस्थामा सवारी साधनमा क्षति पुर्‍याउँदै हिँड्ने एक युकलाई परिवारको जिम्मा लगाइएको हो ।

बिहिबार राति रोकेको गाडीको सिसामा ढुङ्गाले हान्ने, मोटरसाइकल पल्टाउने जस्ता काम गरेको देखेपछि स्थानीयहरुले समातेर प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी कुश्मिसेराको प्रहरी टोलीको नेतृत्वमा उनलाई परिवारको जिम्मा लगाइएको स्थानीय विष्णु शर्माले जानकारी दिनुभयो ।

२१ बर्षीय ती युवा पर्वतको कुश्मा नगरपालिका स्थित शिवालय चोकको रहेको र उनलाई राति नै कुश्मा लगेर परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार