एकैरात कुश्मिसेरा बजारको ७ घरमा चोरी, चोरको विगविगीले सुरक्षा चुनौति थपियो

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २५ चैत २०७८ ।

बागलुङको कुश्मिसेरामा एकै रातमा ७ घरमा चोरी भएको छ । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजारमा बिहिबार राति चोरी भएको हो ।

तल्लो बजारको सिवाईसी बचत तथा ऋण सहकारी संस्था सहित तल्लो बजारको बलेवा होटल, शान्ति माध्यामिक विद्यालय छेउको पुस्तक पसल, र उपल्लो बजारको नैनसिंहको घर, बविन टेलर्स र शान्ति मेडिकल हलमा चोरी भएको प्रहरीले जनाएको छ । सिवाईसी सहकारीको च्यानल गेटमा लगाइएको ताला फोडेर भित्र पसेपछि अर्को कोठाको मानिसले थाहा पाएर हल्लाखल्ला गरेपछि चोर भागेको थियो । पुस्तक पसलको पैसा राख्ने बाकस नै झिकेर स्कुल पछाडि फालेको पाइएको छ । राति करिव १२ बजेदेखि ३ बजे भित्र चोरी भएको देखिएको स्थानीयहरुले बताएका छन् । बलेवा होटलको माथिल्लो तलामा रहेको सुटकेस ल्याएर त्यहाँ भएको सुनको सिक्री, औँठी र केहि पैसा चोरेको होटलका सञ्चालक गोविन्द अखेलीले जानकारी दिनुभयो । यस्तै उपल्लो बजारको मेडिकलको पैसाको बाकस खोलेको, र अन्य पसलमा पनि बाकस नै खोलेको देखिएको छ ।

 सिवाईसी सहकारीमा चोर पसेको जानकारी पाउने बित्रिकै प्रहरीलाई खबर गरिएको थियो । खबर पाए लगतै प्रहरी र स्थानीयहरुको सहायताले कुश्मिसेरा बजार वरपर चोरको खोजि गरिएको भएपनि फेला पार्न नसकिएको कुश्मिसेरा प्रहरी चौकीले जनाएको छ । अन्यत्र चाेरी भएकाे हाे भन्ने जानकारी भने सबै उठेपछि मात्र भएकाे थियाे ।

चोरले ताला फोडेर भित्र छिर्ने र ताला नै लागेको पाइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार