अमेरिकामा बैंक डकैतीकाे आराेपमा एक नेपाली पक्राउ

अमेरिकाको मेरिल्याण्डमा ब्याङ्क डकैतीको आरोपमा त्यहाँको प्रहरीले एक नेपालीलाई पक्राउ गरेको छ। ब्याङ्कमा हतियारसहित गएर डकैती गरेको आरोपमा ३० वर्षीय सम्राट लामा पक्राउ परेका हुन्।

लामालाई मेरिल्याण्डको गाइथेर्सबर्गस्थित वेल्स फार्गो ब्याङ्कबाट प्रहरीले पक्राउ गरेको हो। उनको नेपालको ठेगाना खुलेको छैन। उनलाई डकैती गर्दागर्दै पुगेको प्रहरीले पक्राउ गरेको हो। वेल्स फार्गो ब्याङ्कका कर्मचारीले नै डकैती हुँदै गरेको सूचना दिएपछि प्रहरी त्यहाँ पुगेको मोन्टगोमेरी काउन्टीको पुलिस डिपार्टमेन्टले प्रेस रिलिजमार्फत जानकारी दिएको छ।

गएको मंगलबार स्थानीय समयअनुसार बिहान करीब १० बजे उनी वचत खाता खोल्ने भन्दै ब्याङ्क प्रवेश गरेका थिए। ब्याङ्क कर्मचारीसँग कुराकानी गर्दागर्दै उनले चक्कु निकालेर तेस्र्याएका थिए। उनले पैसा दिन माग गरेका थिए। ब्यागमा पैसा पनि राखेका थिए।

त्यसपछि उनले ‘ड्राइभ–थ्रु टेलर’ मा गएर थप पैसा हाल्न भने। त्यसबीचमा ब्याङ्कका कर्मचारीले प्रहरीलाई खबर गरिसकेका थिए। खबर पाएको दुई मिनेटमा नै पुगेका कर्मचारीले उनलाई ब्याङ्कबाट पक्राउ गरेको छ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्