भागरथीकाे हत्या भएको १७ औं दिनमा आज दाहसंस्कार हुँदै

काठमाण्डाै, ७ फागुन २०७७ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षकी भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । हत्या भएको १७ औं दिनमा उनको दाहसंस्कार गर्न लागिएको हो ।

भागरथीका परिवारले दोषी पत्ता लगाउन र दोषीलाई कारबाहीको माग गर्दै शव बुझ मानेको थिएन । प्रहरीले १३ औं दिनमा भागरथीको हत्याको आरोपमा त्यहीँ ठाउँका दीपक भट्टलाई प्रक्राउ गरी सार्वजनिक गरिसकेको छ ।

दीपकले हत्या गरेको मात्रै बयान दिएपछि भागरथीको परिवारले बलात्कारमा संलग्न व्यक्तिको पनि खोजी गर्न माग गर्दै शव बुझ्न मानेको थिएन । तर हिजो दीपकले भागरथीको बलात्कारपछि हत्या गरेको बयान दिएपछि परिवारले शव बुझ्न लागेको हो । भागरथीको शव जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्