Breaking News: हाेली खेल्ने क्रममा झडप हुँदा बागलुङमा २ जनालाई भिरबाट खसाइयो, २ जनाकै मृत्यु

बागलुङ, १५ चैत २०७७ ।

होली खेल्ने क्रममा झडप हुँदा बागलुङमा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका वडा नं १० र र निसीखोला गाउँपालिका वडा नम्बर ७ का युवाहरु बिच विवाद हुँदा दुई जनाको ज्यान गएको हो ।

निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरी दर्लिङमा झडप भएपछि बडिगाडका युवाहरुले कुटपिट गरी भिरबाट खसाल्दा निसीखोला ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ बर्षीय दीपक दमाइको मृत्यु भएको ईलाका प्रहरी कार्यलय बुर्तिवाङलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यलय बागलुङले जानकारी दिएको छ ।

घटनामा को र कति संलग्न थिए भन्ने पत्ता लागि नसकेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।

 

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्