Breaking News: बागलुङकाे बल्देधुरी घटनाका ८ अभियुक्त सार्वजनिक, पक्राउ पर्ने सबै दर्लिङका

 

बागलुङ, २० चैत २०७७ । 

बागलुङकाे बल्देधुरीमा होली खेल्ने क्रममा भएको घटनाका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेकाे छ । शुक्रवार जिल्ला प्रहरी कार्यलयले बिहिबार दिउँसोसम्म पक्राउ गरेकाे ८ जनालाई सार्वजनिक गरेकाे हाे ।

प्रहरीले गुल्मीबाट २ जना, रूपन्देहीबाट १ जना र बागलुङबाट ५ जना पक्राउ  गरी सार्वजनिक गरेकाे जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयाे । उनिहरू सबै बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङका युवा रहेकाे प्रहरीकाे भनाइ छ ।

पक्राउ पर्नेहरूमा बडिगाड गाउँपालिका वडा नं. १० का २८ वर्षीय रेशम बुढामगर, ४६ वर्षीय ढालबहादुर बुढा, ३१ वर्षीय सूर्य बुढा, ३३ वर्षीय झनबहादुर बुढा र उमेर नखुलेको तीर्थलाल बुढा रहेका छन् । उनिहरूलाई गाउँबाटै पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

त्यस्तै २३ वर्षीय मिलन बुढा र २४ वर्षीय रेशम भनिने भेषराज बुढालाई गुल्मीको मदाने गाउँपालिका, र  २३ वर्षीय कुमार छन्त्याललाई रुपन्देहीको भैरहवाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक पल्लीमगरले बताउनुभयाे । तीमध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको हो भने दुई जना आत्मसर्मपण गरेर प्रहरीमा आएका हुन् ।

गत चैत १५ गते हाेली खेल्ने क्रममा भएकाे  झडपपछि निसीखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक परियारको ज्यान गएको थियाे ।

तस्विर: राजेशचन्द्र राजभण्डारी बागलुङ

No photo description available.

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्