गुल्मीमा पहिराेले पुरिएर एकै परिवारका ५ जनाकाे ज्यान गयाे

याे सामग्री सेअर गर्नुहाेस्

गुल्मी, १५ असार २०८१ ।

गुल्मीमा पहिराेले पुरिएर एकै परिवारका ५ जनाकाे ज्यान गएकाे छ । गुल्मीकाे मालिका गाउँपालिका वडा नं- ६ मा एकै घरका ५ जनाकाे पहिराेमा पुरिएर ज्यान गएकाे हाे ।

एकै परिवारका पाँच जना पहिरोमा पुरिएकोमा सबैको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ । मालिका गाउँपालिका वडा नम्बर–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर पहिरोले पुर्दा ५६ का भेषबहादुरसहित उहाँकी श्रीमती ४७ वर्षीया सुन्तली बिक, बुहारी ३० वर्षीया सिता बिक, नातीनीहरु सात वर्षिया सपना विक र दुई वर्षीया विपना बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजन भुजेलले जानकारी दिनुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो