Breaking News:चन्द्रागिरिमा काेराेना बाट ५४ जनाकाे मृत्यु ,कुल संक्रमित संख्या ४३४१ पुग्याे

काठमाडाैँ,१७ जेठ २०७८ । 

काठमाडाैँकाे चन्द्रागिरिमा काेराेना संक्रमणका कारण  ५४ जनाकाे मृत्यु भएकाे छ ।

नगरपालिका भित्रका विभिन्न वडामा गरी हाल सम्म ५४ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे हाे ।  नगर भिलका १५ वटा वडा मध्ये १३ वटा वडामा काेराेना संक्रमितकाे मृत्यु भैसकेकाे छ । हाल सम्म ११ र १३ नं वडामा भने कुनै पनि काेराेना संक्रमितकाे मृत्यु भएकाे छैन । १५ वटा वडा मध्ये १२ नं वडामा सबै भन्दा धेरै ११ जना संक्रमितकाे मृत्यु भएकाे छ । मृतक ११ जना मध्ये ४ जनाकाे घरमा र ७ जनाकाे अस्पतालमा मृत्यु भएकाे हाे ।

यसैगरी चन्द्रागिरिमा हाल सम्म ४ हजार ३ सय ४१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । १५ वटा वडा मध्ये बढि भएका वडामा ५ सय २४ जना र कम संक्रमित भएका वडामा पनि १ सय १९ जनामा संक्रमण पुष्टि भैसकेकाे छ । सबैभन्दा धेरै सक्रमित भएकाे १४ नं वडा हाे भने सबै भन्दा थाेरै संक्रमित भएकाे वडा २ नं वडा हाे । गत २४ घण्टामा मात्रै ४८ जना नयाँ काेराेना संक्रमित थपिएका छन् । १० नं वडा बाहेकका सबै वडाहरूमा संक्रमित थपिएका छन् । २४ घण्टामा सबैभन्दा थाेरै वडानं ५ र ८ मा १/१ जना र सबैभन्दा धेरै वडानं २ मा ८ जना काेराेना संक्रमित थपिएका छन् ।

 

यस्तै ३ हजार भन्दा धेरै काेराेना संक्रमित निकाे भएका छन् । हाल सम्म ३ हजार ७ सय २ जना काेराेना संक्रमण निकाे भएका चन्द्रागिरि नगरपालिकाले जनाएकाे छ । नगर भित्रका कुल संक्रमित मध्ये ८५ प्रतिशत संक्रमित निकाे भएका छन् । हाल सम्म वडानं १५ मा सबैभन्दा धेरै ४ सय ५५ जना र वडानं २ मा सबैभन्दा थाेरै ९३ जना संक्रमण मुक्त भएका छन् ।

 

हाल नगरपालिका भित्र कुल ५ सय ८५ जना हाे तथा संस्थागत आईसाेलेसनमा छन् ।

 

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्