राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिस्ठान नेपालको बागलुङ समिति गठन, अध्यक्षमा क्षेत्री

बागलुङ, ४ माघ २०७७ ।

राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिस्ठान नेपालको बागलुङमा समिति गठन गरिएको छ । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिस्ठान नेपालका केन्द्रिय अध्यक्ष प्रजापती पराजुलीको उपस्थितिमा १७ सदस्यीय जिल्ला समिति गठन गरिएको हो ।

पछिल्लो पुस्ताका भजन चुट्का हस्ती तथा जैमिनी संकृतन समुहका संयोजक टेक बहादुर क्षेत्री (संगम) को अध्यक्षतामा बनेको समितिको बरिष्ठ उपाध्यक्षमा गुणनिधि शर्मा, महिला उपाध्यक्षमा रिना केसी, महासचिबमा भिमनाथ पौडेल, कोषाध्यक्षमा तुल कुमारी क्षेत्री, सह–कोषाध्यक्षमा टंक केसी सहनुभएको छ ।

समितिको सदस्यहरुमा देबेन्द्र पौडेल, गम्भीरा घिमिरे, शिलशिला केसी, मेघनाथ शर्मा, कुशुम बुढाथोकी, पार्बती केसी रहनुभएको समितिले जनाएको छ ।

खुल्ला उपाध्यक्ष, दुई सचिब र दुई मनोनित सदस्य पहिलो बैठक बाट थप गर्ने समितिका अध्यक्ष संगम क्षेत्रीले जानकारी दिनुभयो ।

नयाँ कार्यसमितिले ५ सदस्यीय सल्लाहकार समिती समेत चयन गरेको छ । जसमा राजु खड्का, बिष्णु प्रसाद पाठक, इन्द्र राज पौडेल र दुर्गा बहादुर आचार्य रहनु भएको छ । समितिको कानुनी सल्लाहकारमा बिष्णु प्रसाद सापकोटालाई चयन गरेको छ ।

शनिवार बागलुङ नगरपालिका १३ दम्काफाँटमा भजन समुहको परिचयात्मक बनभोज आयोजना गरिएको थियो । बिनामारे, अमलाचौर, जैमिनी र कालिका भजन समुहको उपस्थित रहेको कार्यक्रममा केन्द्रिय अध्यक्ष पराजुलीले बागलुङमा पनि लोक भजन संरक्षण गर्न संगठनको आवश्यकता रहेकोमा अबको समितिले लोक भजन संरक्षणमा उल्लेख्य काम गर्नेमा आफु आशावादी रहेको बताउनुभयो ।

कार्यक्रममा उपस्थित समुहहरुले आ–ाफ्ना भजन प्रस्तुती देखाएका थिए ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्