राष्ट्रिय संगीतकर्मी संघ बेलकाेटगढीकाे प्रथम अधिवेशन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

काठमाण्डाै, ७ माघ २०७७ ।         

 राष्ट्रिय संगीतकर्मी संघ बेलकाेटगढी नगरपालिकाकाे प्रथम अधिवेसन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।मंगलवार राष्ट्रिय संगीतकर्मी संघ बेलकाेटगढी नगरपालिकाकाे प्रथम अधिवेसन तथा स्रष्टा सम्मान कार्यक्रम काठमाण्डाैमा सम्पन्न भएकाे हाे ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति यादब नेपालकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे उक्त कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघकाे बेलकाेटगढी नगरपालिका स्तरीय कार्य समिति गठन गरिनुका साथै कलाकारीता क्षेत्रमा याेगदान दिनु भएका बिभिन्न कलाकार हरूलाइ सम्मान समेत गरीएकाे छ ।

 

 

राष्ट्रिय संगीतकर्मी संघ बेलकाेटगढी नगरपालिकाकाे प्रथम अधिवेसनबाट अध्यक्षमा भिमसेन दाहाल, प्रवक्तामा सुजन  सुवेदी, बरिस्ठ उपाध्यक्षमा अमृत कुमार भट्ट,  प्रथम उपाध्यक्षमा  रोलि तामाङ,  उपाध्यक्षमा सीता दुलाल, महिला उपाध्यक्षमा  सुभद्रा पौडेल,  सचिवमा अमृता भट्ट,  सह-सचिवमा सुस्मिता पुडासैनी (सुवेदी), कोषाध्यक्षमा सुरज भट्टराई र सदस्यहरूमा पुजन सुवेदी, बिजय बि.क लगायत चयन हुनुभएकाे छ ।  समितिमा सह-कोषाध्यक्षमा भने पद पुर्ति भएकाे छैन ।

सञ्चालक समिति गठन भएपछि छनाेट हुनुभएका पदाधिकारी तथा सदस्य हरूले मंगलवारनै सपथ ग्रहण गर्नुभएकाे छ । आगामी दिनहरूमा राष्ट्रिय संगीतकर्मी संघ बेलकाेटगढी नगरपालिकाकाे हित बिपरीत काम नगर्ने बाचासहित राष्ट्रिय संगीतकर्मी संघ नुवाकाेटका अध्यक्ष दिनेश तामाङले सपथ ग्रहण गराउनु भएकाे थियाे ।

सपथ ग्रहण पश्चात आफ्नाे मन्तब्य राख्दै राष्ट्रिय संगीतकर्मी संघ बेलकाेटगढी नगरपालिकाका अध्यक्ष भिमसेन दाहालले अबकादिनमा मन वचन र कर्मले संघकाे हितकालागी लागीपर्ने बताउनुभयाे ।

जिल्लाखबर सँगकाे कुराकानीमा दाहालले राष्ट्रिय संगीतकर्मी संघ छाता संगठन भएकाले यसले कलाकारीतामा लागेका कलाकारहरूलाई बृक्षलेझैँ शितलता प्रदानगर्ने विश्वास व्यक्त गर्नुभयाे । पुरानालाइ सम्मान र नयाँलाइ प्राेत्साहन सहित अप्ठ्याराेमा परेका कलाकारहरूलाइ सहयाेग गर्नुका साथै कला, संस्कृति झल्कने लाेपन्मुख संगितहरूकाे उत्थान गर्न र सांगितिक क्षेत्रकाे माैलिकता हराउन नदिन पनि राष्ट्रिय संगीतकर्मी संघ बेलकाेटगढी नगरपालिकाकाे गठन भएकाे उहाँकाे भनाइ छ ।

कार्यक्रममा सञ्चालककाे भुमिकामा रहनुभएका राष्ट्रिय संगीतकर्मी संघ नुवाकाेटका सचिव करण तामाङ घलानले राष्ट्रिय संगीतकर्मी संघ बेलकाेटगढी नगरपालिकाकाे गठन स्थानिय पालिकाहरूमै पहिलाे भएकाले उदाहारणीय बन्नुपर्नेमा जाेड दिनुभयाे । घलानले राष्ट्रिय संगीतकर्मी संघ नुवाकाेटकाे तर्फबाट  आफुहरूले राष्ट्रिय संगीतकर्मी संघ बेलकाेटगढी नगरपालिकाकाेलागी सक्दाे सहयाेग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे । अब छिटै जिल्ला भित्रका सबै पालिकाहरूमा राष्ट्रिय संगीतकर्मी संघकाे शाखा गठनगरीने बताउँदै संगीतमय र उदाहारणिय नुवाकाेट देख्नपाइने विश्वास व्यक्त गर्नुभयाे ।

यसैगरी स्रष्टा सम्मान कार्यक्रम अन्तरगत रहेर पाँच जना कलाकार हरूलाई सम्मान गरीएकाे छ । हास्यकलाकार तथा अभिनेता बुद्धि तामाङ(हैट) , लोक गायक रेशम थापा, रामहरि भण्डारी साथै लोक गायिका इन्दिरा गोले र अर्चना स्याङतानलाइ विशेष सम्मान गरीएकाे हाे । कार्यक्रममा प्रमुख अतिथि सहित अन्य अतिथिहरूलाइ राष्ट्रिय संगीतकर्मी संघ नुवाकाेटकाे तर्फबाट मायाकाे चिनाे प्रदान गरीएकाे छ ।

 

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय उपाध्यक्ष अमृत खाती, राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटका अध्यक्ष दिनेश तामाङ, राष्ट्रिय संगीतकर्मी संघ रसुवाका अध्यक्ष तथा नायक दावा फिर्जो तामाङ र राष्ट्रिय संगीतकर्मी संघ रसुवा, धादिङ , नुवाकोट , काठमाडौं,र भक्तपुरका सल्लाहकार मान बहादुर तामाङ लगायत अन्य कलाकारहरूकाे समेत उपस्थिति थियो ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्