उचित पारिश्रमिकको माग गर्दै विद्यालय कर्मचारीले जैमिनीमा ज्ञापनपत्र बुझाए

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ४ असार २०७९ ।

नेपाल विद्यालय कर्मचारी परिषद् जैमिनीले विद्यालय कर्मचारी र बाल विकास सहजकर्ताहरुको तलव बृद्धि गर्न जैमिनीमा ज्ञापन पत्र बुझाएको छ । शुक्रबार जैमिनी नगर कार्यसमितिका अध्यक्ष भुषण आचार्यले जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।

जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्मा, प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइराला, शिक्षा उप सचिव खेम आचार्यको रोहवरमा बुझाइएको पत्रमा आगामी आर्थिक बर्षमा नेपाल सरकारले कर्मचारीहरुको तलव १५ प्रतिशतले बृद्धि गर्ने हुँदा आफूहरुलाई पनि सोहि अनुरुप न्युनतम तलवमान कायम गर्नुपर्ने माग गरिएको छ । नेपाल सरकारले नै दरवन्दी सिर्जना नगर्ने र श्रेणी विहिन बनाइएका विद्यालय कर्मचारी र बाल विकास सहजकर्ताहरुको श्रम शोषण भएकाले जैमिनी नगरपालिका मार्फत सरकारको पनि ध्यानाकर्षण गराइएको अध्यक्ष भुषण आचार्यले जानकारी दिनुभयो ।

ज्ञापन पत्र बुझ्दै जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले विद्यालय कर्मचारीहरुको आन्दोलनमा आफूहरुको पनि ऐक्यवद्धता भएकाले सरकारलाई दरवन्दी सिर्जना गर्न आग्रह गर्ने बताउनुभयो । तत्काल नेपाल सरकारले दिँदै आएको तलवमान अत्यन्तै न्युन रहेको आफूहरु जानकार हुँदाहुँदै पनि श्रोत नहुँदा भनेजसरी सम्बोधन गर्न नसकिएको भन्दै उहाँले यस अघिकै जनप्रतिनिधिहरुले बनाएको बजेट सिलिङ अनुरुप सम्बोधन हुने बताउनुभयो ।

ज्ञापन पत्र बुझाउने क्रममा नगरपालिकाका १० वटै वडाका विद्यालय कर्मचारी, विद्यालय सहयोगी र बाल विकास सहजकर्ताहरु सहभागी भएका थिए ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार