जनकल्याण मा.वि छिस्तीले पुरस्कार तथा छात्रवृत्ति वितरण गर्‍यो, जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ११ असार २०७९ ।

जनकल्याण माध्यामिक विद्यालय छिस्तीले पुरस्कार तथा छात्रवृत्ति वितरण गरेको छ । बागलुङको जैमिनी नगरपालिका-८ छिस्ती रापुङमा रहेको जनकल्याण मा.वि ले शुक्रबार कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई पुरस्कार तथा छात्रवृत्ति वितरण गरेको हो ।

नेपाल सरकारबाट प्राप्त दलित तथा छात्राहरुका लागि छात्रवृत्ति, बार्षिक परिक्षामा उत्कृष्ट हुनेहरुलाई पुरस्कार र २१ जनालाई जमूना स्मृति अक्षय कोषको पुरस्कार वितरण गरिएको विद्यालयका प्रधानाध्यापक यम शर्माले जानकारी दिनुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थीको मृत्यु भएपछि ३५ हजार रुपैयाँको जमूना स्मृति अक्षयकोष स्थापना गरिएकोमा सो रकमको ब्याजबाट २१ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई ५ सय रुपैयाँका दरले पुरस्कार वितरण गरिएको उहाँको भनाई छ ।

यस्तै कार्यक्रमको अवसरमा जैमिनी नगरपालिका-८ छिस्तीमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरिएको छ । वडाध्यक्ष विमल श्रीस, वडा सदस्य जीवन पुन र नारायण प्रसाद पौडेल, महिला सदस्य डम्मर कुमारी पराजुली र दलित महिला सदस्य राधिका नेपालीलाई बधाई तथा सम्मान गरिएको विद्यालय श्रोतले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार