जैमिनीमा सिकाई परियोजनाको समिक्षाः विद्यालय सुधार योजना सम्बन्धी कार्यशाला सम्पन्न

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ७ असोज २०७९ ।

जैमिनीमा सिकाई परियोजनाको समिक्षा तथा विद्यालय सुधार योजना सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । बिहिबार हेम्पेल फाउण्डेसन, भिएसओ नेपाल र बिवाईसी बागलुङको समन्वयमा सञ्चालित सिकाई परियोजना कार्यक्रमको समिक्षा सहित विद्यालय सुधार योजना सम्बन्धी कार्यशाला सम्पन्न भएको हो ।

कार्यक्रममा सिकाइ परियोजना लागु भएका विद्यालयका प्रधानाध्यापकरुसंग परियोजना सम्बन्धी समिक्षा गरिएको र विद्यालय सुधार योजना सम्बन्धी विविध जानकारी गराइएको स्थानीय सेवा प्रदायक संस्था बिवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालय सुधार योजना भनेको के हो ? यसको उद्देश्य कस्तो छ ? यसबाट कसरी फाइदा लिन सकिन्छ ? यसलाई प्रभावकारी बनाउने आधार लगाएतका विषयमा कार्यशाला गरिएको थियो ।

कार्यक्रममा भिएसओ नेपालका कार्यक्रम संयोजक पोष्ट केसी, शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्याय, जैमिनी नगरपालिकाका शिक्षा उप सचिव खेम प्रसाद आचार्यले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले भिएसओ नेपाल र बिवाईसी बागलुङले जैमिनी नगरपालिकाको बिभिन्न क्षेत्रहरुमा गरेको सहयोग प्रति धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गर्नुभएको छ । जैमिनी नगरपालिकाले एक्लैले गर्न नसक्ने कामहरु यसैगरी सहकार्य गरेर सम्पन्न गर्न सकिने भएकाले सबैसँग हातेमालो गर्दै अगाडी बढ्ने उहाँको भनाई छ ।

भिएसओ नेपालको सहयोगमा बिवाईसी बागलुङले समन्वय गरेको सिकाई परियोजना कार्यक्रम जैमिनी नगरपालिकाको ३३ विद्यालयमा लागु भएको छ । परियोजनाले विद्यालय शिक्षा देखि समुदाय स्तरका नागरिकहरुको शिक्षाको क्षेत्रमा समेत समन्वय गरिरहेको छ ।

यो परियोजना बागलुङको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाको विद्यालयमा सञ्चालित छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार