Breaking News: जैमिनीका विद्यालयहरु बन्द नहुने, भोलिदेखि पढाई सूचारु- सूचना हेर्नुहाेस्

बागलुङ, १७ चैत २०७७ ।

जैमिनी नगरपालिकाका बिद्यालयहरु पूर्ववतः रुपमा सञ्चालन हुने भएको छ । नेपाल सरकारले ४ दिन विद्यालय बन्द गर्ने भनेपनि जैमिनीका विद्यालयहरु बुधबारदेखि नियमित सञ्चालन हुने भएका हुन् ।

जैमिनी नगरपालिकामा वातावरणीय अवस्था हानिकारक नभएको र कोरोना संक्रमणका कारण बन्द भएको विद्यालय भर्खरै मात्र चालु भएका कारण गति लिएको शैक्षिक कृयाकलापलाई यथावत राख्नका लागि विद्यालय पूर्ववतः रुपमा सञ्चालन गर्ने निर्णय गरिएको जैमिनी नगरपालिका शिक्षा शाखाका संयोजक खेम प्रसाद आचार्यले जानकारी दिनुभयो ।

नगरपालिकाका सबै सामुदायिक र संस्थागत विद्यालयहरु यथावत् रुपमा सञ्चालन गर्न शिक्षा शाखाले सबै विद्यालयहरुलाई सार्वजनिक सूचना जारी गरेको छ । तर शिक्षा विकास तथा समन्वय इकाई बागलुङले भने सबै विद्यालय बन्द गर्न सूचना गरिसकेको थियो ।

नगर शिक्षाकाे सूचना हेर्नुहाेस् 

May be an image of text

 

समन्वय इकाइकाे सूचना यस्ताे छ ।

May be an image of text

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्