बागलुङको जनशिक्षित मा.विका विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला वितरण

बागलुङ, १२ फागुन २०७७ ।

जनशिक्षित माध्यामिक बिद्यालय अर्जेवाका विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला वितरण गरिएको छ । बागलुङको जैमिनी नगरपालिका ६ अर्जेवामा रहेको जनशिक्षित मा.विका विद्यार्थीहरुलाई पहिलो पाइला नेपाल पोखरा शाखाले झोला वितरण गरेको हो ।

“विपन्न, असमर्थ, सिमान्तकृत बालबालिका लक्षित शिक्षा अभियान” भन्ने मुल नाराका साथ विद्यालयका ३० जना विपन्न वालवालिकाहरुलाई झोला तथा स्टेशनरी सामाग्री वितरण गरिएको शिक्षक विमल पौडेलले जानकारी दिनुभयो ।

सहयोग पाएपछि बिद्यार्थीहरुले संस्थाप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्