जैमिनी ४ काे वडाध्यक्षमा फेरि दाेहाेरिए चक्र थापा, गठबन्धनकाे प्यानल नै विजयी

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३ जेठ २०७९ । 

बागलुङकाे सर्कुवामा चक्र बहादुर थापा पुनः वडाध्यक्षमा विजयी हुनुभएकाे छ । ५ दलीय गठबनधनबाट जैमिनी नगरपालिका वडा नं–४ काे वडाध्यक्षका उम्मेदवार थापा प्यानल सहित विजयी हुनुभएकाे हाे ।

उहाँले निकटतम प्रतिद्वन्दी धन बहादुर शाहिलाई ५१ मतान्तरले पराजित गर्नुभएकाे छ । शाहिले ४ सय ४२ मत ल्याउँदा थापाले ४ सय ९३ मत प्राप्त गर्नुभएकाे छ ।

यस्ताे छ जैमिनी ४ सर्कुवाकाे अन्तिम मत परिणाम

नगर प्रमुख
नर बहादुर पुन (गिलास):- ५७९
लिला राना(सुर्य):- २०७
काशिराम आचार्य ( करुवा):- ७१
निर्मला सापकाेटा (हलाे):- ६
नगर उपप्रमुख
हरिहर शर्मा (रुख):- ६७५
उषा पाैडेल(सुर्य):- १७९
चिना के. सि. (हलाे):- ९
वडा अध्यक्ष
गठवन्धन (कलम):  ४९३
एमाले: ४४२
राप्रपा: ९
महिला सदस्य
गठवन्धन :- ४५३
एमाले:- ४४२
दलित महिला सदस्य
गठवन्धन :- ५०५
एमाले: ३५४
राप्रपा: ८
खुल्ला सदस्य (एउटा चिन्ह)
गठवन्धन :- ४२५
एमाले: २७७
राप्रपा: ७
खुल्ला सदस्य (दुई चिन्ह)
गठवन्धन : ६१०
एमाले: ३७२
राप्रपा: १३

जम्मा खसेकाे मतसंख्या : १०५४


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार