आगामी निर्वाचनका लागि बागलुङ १ (ख) का लागि नेकपा एमालेको उम्मेदवार सिफारिस

बागलुङ, १९ भदौ २०७९ ।

आगामी निर्वाचनका लागि नेकपा एमालेले बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख) का लागि उम्मेदवार सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख) का लागि ४ जना उम्मेदवारको नाम सिफारिस गरेको हो ।

शनिबार कुश्मिसेरामा सम्पन्न बैठकले नवराज पौडेल, रुपा खनाल, पदम गिरी र धन बहादुर परियारको नाम सिफारिस गरेर जिल्लामा पठाएको नेकपा एमाले क्षेत्रीय कार्यलय श्रोतले जानकारी दिएको छ । अब जिल्ला भेलाले नाम केन्द्रमा पठाउनेछ ।

याे सामग्री सेयर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार