काेराेना बाट ज्यान गुमाउने ८ हजार नाघेः सक्रिय सङ्क्रमित ८२ हजार भन्दा धेरै

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाैँ, २५ जेठ २०७८ । 

नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८ हजार नाघेको छ ।

मंगलबार सम्म नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८ हजार नाघेको हाे ।  पछिल्लो २४ घण्टामा र यसअघिको प्राप्त विवरणसहित १ सय ८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या ८ हजार ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार एक सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६५ नमुनाकाे पीसीआर परीक्षण गर्दा ३ हजार ८ सय ७० जना र पाँच हजार ६ सय ११ नमुनाकाे एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितकाे कुल सङ्ख्या ६ लाख ११ हजार ३ सय ८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ७० जना सङ्क्रमण निको भएका छन् ।  याेसँगै निको हुनेको कुल सङ्ख्या ५ लाख ४ हजार ५ सय ३० पुगेको छ । अहिले नेपालमा ८२ हजार सात सय ३६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो