जैमिनीमा एमाले अधिवेशन आज, पूर्व मन्त्री पद्माकुमारी अर्यालले सम्बोधन गर्ने

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ११ कात्तिक २०७८ ।

जैमिनीमा एमालेको नगर अधिवेशन आज हुने भएको छ । देशभरका नगरहरुमा मंगलबारदेखि सुरु भएको अधिवेशन जैमिनीमा भने आज हुन लागेको हो ।

निरन्तरको बर्षापछि बिग्रिएको बाटो लगाएतका विविध कारण आज मात्रै नगर अधिवेशन गर्न लागिएको नेकपा एमालेका गण्डकी प्रदेश कमिटि सदस्य लिला रानाले जानकारी दिनुभयो । सबै नेता तथा कार्यकर्ताहरु आउनुपर्ने भएकाले मोटवाटो लगाएतको असुविधालाई मध्येनजर गर्दै आजको लागि कार्यक्रम थय गरिएको उहाँको भनाई छ ।

कार्यक्रममा नेकपा एमालेकी केन्द्रिय सदस्य तथा पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल प्रमुख वक्ताको रुपमा आउनुहुनेछ । कार्यक्रम जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजार स्थित ब्याडमिन्टन कभर्डहलमा हुने नेकपा एमाले जैमिनी नगर कमिटिले जानकारी दिएको छ ।

यसअघि एमालेले जैमिनीका १० वटै वडामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो