सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बागलुङद्वारा मृत्यु दावी रकम भुक्तानी

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, १ मंसिर २०७८ ।
सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाले एक परिवारलाई मृत्यु दावी भुक्तानी गरेको छ । सिटिजनमा बीमा गरेर मृत्यु भएका राजु गुरुङका परिवारलाई मृत्यु दावी वापतको बीमा रकम हस्तान्तरण गरिएको हो ।

काठेखोला गाउँपालिका वडा नं ८ घर भएका मृतकका परिवारलाई बागलुङ शाखाको कार्यलयमा २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको शाखा प्रमुख कमला शर्माले जानकारी दिनुभयो । गुरुङले गत बर्ष २ लाख रुपैयाँको बीमा गर्नुभएको थियो । बीमित गुरुङको मृत्यु भएपछि कम्पनीले मृतककी हकवाला श्रीमती हिना गुरुङलाई बुधबार मृत्यु दावी वापतको रकम हस्तान्त्रण गरेको शर्माले बताउनुभयो ।

बागलुङ क्षेत्रका क्षेत्रीय शाखा प्रमुख दिपेन्द्र शर्मा लम्सालले उक्त रकमको चेक हस्तान्त्रण गर्नुभएको थियो । चेक हस्तान्तरण गर्दै लम्सालले बीमा सुख दुःखको साथी भएकाले अनिवार्य बीमा गर्नुपर्ने बताउनुभयो । बीमा गरेबापत गुरुङको परिवारले अहिले उक्त रकम पाएको र बीमा अवधि समाप्त भएपछि फेरि २ लाख रुपैयाँ पाउने उहाँको भनाई छ । एक किस्ता वापत १४ हजार ९ सय ९६ रुपैयाँ तिर्नुभएका गुरुङ्गको कोरोनाले मृत्यु भएपश्चात हकवाला श्रीमती हिना गुरुङले दावी बराबरको बीमा रकम प्राप्त गर्नुभएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो