पर्वतमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

याे सामग्री सेअर गर्नुहाेस्

म्याग्दी, २५ मङ्सिर २०७८ ।

म्याग्दीकाे सदरमुकाम बेनीबजारसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

धाइरिङको घाखेतबाट मिलनचोकतर्फ जाँदै गरेको ध१त ४४५ नंको ट्र्याक्टर गुन्द्रिखेतको सडकमा पल्टिएर दुर्घटना भएको थियो । ट्याक्टरमा च्यापिएर धाइरिङका १२ वर्षीय सन्देश परियारको घटनास्थलमै मृत्यु भएको मिलनचोक प्रहरी चौकीले जनाएको छ ।

मृतकको शव ब्याकुहोलोडरको सहायताले निकालेर परीक्षणका लागि कुश्मा अस्पताल पठाइएको छ । प्रहरी र स्थानीयवासीले ट्याक्टरले च्यापिएको शव निकालेका थिए ।

दुर्घटना भएको ट्र्याक्टर मोहित मल्लको भएको बताइएको छ । दुर्घटना भएको ट्याक्टर मिलनचोकबाट हराएको थियो । ट्याक्टरमा तीनजना सवार थिए । सकुशल दुईजनाले आफूहरुले ट्याक्टर मिलनचोकबाट घाखेत लगेर फर्कने क्रममा दुर्घटना भएको बताएका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो