आज जैमिनी महोत्सवको मुल समारोहः विशेष आकर्षण शिव परियार, उद्घाटन काे बाट ?

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १ माघ २०७८ ।

आज जैमिनी महोत्सवको मुल समारोह हुँदै छ । बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजारमा सञ्चालन भैरहेको महोत्सवको आज मुल समारोह हुन लागेको हो ।

कुश्मिसेराको चर्चित माघेसक्रान्ति मेलालाई लक्षित गरी पुस २७ गतेदेखि सुरु भएको महोत्सवको माघ १ गते मुल समारोह गर्न लागिएको आयोजक सहारा क्लव कुश्मिसेराले जनाएको छ । कोरोनाको संक्रमण फैलिँदै गएपछि औपचारिकतामा रहेर मात्रै महोत्सव आयोजना गरिएकाले पूर्व निर्धारित कार्यक्रमहरु पुरा गर्न नसकिएको क्लवका अध्यक्ष सुरेश सुनारले बताउनुभयो ।

मुल समारोहको नेकपा एमालेको पोलिट व्यूरो सदस्य तथा खेलकूद विभागका प्रमुख लिल बहादुर थापा मगरले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । आज सुगम संगितका चर्चित कलाकार शिव परियार, हाँस्य कलाकार राजेन्द्र नेपाली, लोक दोहोरी कलाकार सरस्वती लामिछाने लगाएतका कलाकारहरु को सांगीतिक प्रस्तुति पनि रहनेछ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

काठमाडौमा बृहत मोटरसाइकल र्‍याली हुने, सहभागी हुन आयोजकको निम्तो

मनसुन आइतवारसम्ममा देशभर फैलिने, जाेखिमबाट सतर्क रहन आग्रह

पशुपति क्षेत्रमा ऐतिहासिक पशुपति कोटिहोम हुँदै, महायज्ञको तयारी तिब्र