नेपालको जनसंख्या तीन कराेड पनि पुगेन, महिलाको जनसंख्या ८ लाखले बढी

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, १२ माघ २०७८ ।

नेपालका जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रीय तथ्याङक विभाग महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनगणनाको नतिजा सार्वजनिक गर्नुभएको हो ।

जनगणनाको तथ्याङक अनुसार पुरुषको भन्दा महिलाको जनसंख्या सात लाख ९० हजारले बढी रहेको जनाएको छ । तथ्याङक अनुसार हाल महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ छ भने पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको विभागले जनाएको छ । त्यसै गरी विदेशमा रहेका नेपालीको तथ्याङक २१ लाख ६९ हजार ४७८ रहेको छ।

२०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । १० वर्षको तुलनामा जनसंख्या वृद्धिदर शुन्य दशमलव ९३ प्रतिशत रहेको छ । विभागका अनुसार जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ ।

नेपाल र भारतबीच विवादमा रहेको दार्चुलाको नेपाली भूमि लिपुलेक, कालापानी तथा लिम्पियाधुराको जनसंख्या जनगणना-२०७८ मा समेटिएको छ ।

केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाखभित्र सो भेगको जनसंख्या समेत समेटिएको छ । यद्यपि सो क्षेत्रमा कति जनसंख्या छ भन्नेबारे भने विस्तृत प्रतिवेदनमा समेटिने भएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

सिवाईसी सहकारीको १४ औँ बार्षिक साधारणसभा जैमिनीमा सम्पन्न

जैमिनीमा स्वयंसेविकाहरुलाई आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण सम्पन्न

करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

WordPress PopUp Plugin