हाेली खेल्दाकाे निहुँले झडप हुँदा मोरङको लेटाङमा एक प्रहरीको ज्यान गयो

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाै, ७ चैत २०७८ ।

हाेली खेल्दाकाे निहुँले झडप हुँदा मोरङको लेटाङ–५ मा एक प्रहरीको ज्यान गएकाे छ । १२ वर्षीया छात्राले शुक्रवार होली खेल्ने क्रममा घर पुगेका शिक्षा विकास माविका एक शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको बताएपछि भएको सर्वपक्षीय छलफलमा भिडको आक्रमणमा परि प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो ।

आक्रोशित स्थानीय बासिन्दाले प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरी जवान श्रेष्ठको ज्यान गएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयाे । उहाँको कोसी अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएकाे छ ।

अहिले स्थिति नियन्त्रणमा आएको भएपनि लेटाङ आसपासका क्षेत्रमा साेमबार बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयाे ।

 

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार