जैमिनी ९ मा गठबन्धनलाई हराउँदै एमालेका थापा विजयी, सदस्यहरू गठबन्धनकै

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १ जेठ २०७९ । 

बागलुङकाे जैमिनी ९ मा गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार सन्दिप थापा विजयी हुनुभएकाे छ । गठबन्धनका साझा उम्मेदवार भगिन्द्र कुमार थापालाई ५ मतले हराउँदै सन्दिप थापा विजयी हुनुभएकाे हाे ।

केहिबेर अघि सम्पन्न भएकाे मतगणनामा विजयी थापाले ६ सय ३ मत र प्रतिद्वन्दी भगिन्द्र कुमार थापाले ५ सय ९८ मत प्राप्त गर्नुभएकाे निर्वाचन अधिकृत सुर्य प्रसाद भण्डारीले जानकारी दिनुभयाे । विजयी सदस्यहरूमा भने गठबन्धनका उम्मेदवारहरू रहेका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।