तीन पटकसम्म भुकम्प जाँदा डाेटीमा ६ जनाकाे ज्यान गयाे, एक जना बेपत्ता

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, २३ कात्तिक २०७९ ।

तीन पटकसम्म भुकम्प जाँदा डाेटीमा ६ जनाकाे ज्यान गएकाे छ । बारम्बार गएकाे भुकम्पका कारण डोटीको पूर्विचौकी गाउँपालिकाको वडा नं ३ गैरागाँउमा ६ जनाको ज्यान गएको हाे ।

भुकम्पमा परेर अन्य ५ जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् । एक जना बच्चाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।

भूकम्पले ८ वटा घर भत्किएको छ । क्षतिको विवरण संकलनको काम भइरहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो ।

 गएराति २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र विन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियाे भने त्यस अघि पनि त्यहि क्षेत्र भएर राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको र त्यस अघि ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

सिवाईसी सहकारीको १४ औँ बार्षिक साधारणसभा जैमिनीमा सम्पन्न

जैमिनीमा स्वयंसेविकाहरुलाई आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण सम्पन्न

करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

WordPress PopUp Plugin