Breaking News: बागलुङको रायडाँडामा पिकअप गाडी दुर्घटना

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ ५ चैत २०७९ ।

बागलुङको रायडाँडामा पिकअप गाडी दुर्घटना भएको छ । बागलुङ नगरपालिका ११ रायडाँडाको तिलाहरमा आइतबार बिहान करिब ७ बजेतिर ध १ ज ५७७ नम्बरको पिकअप गाडी दुर्घटना भएको हो ।

तिलाहरबाट बागलुङ जानको लागि रोकेको ठाउँबाट फर्काउन लाग्दा ब्रेक फेल भएर गाडी करिव २ सय मिटर तल खसेको स्थानीय धन बहादुर थापाले जानकारी दिनुभयो । पिकअप दुर्घटना हुँदा मानवीय क्षति भने भएको छैन । गाडीमा चालक मात्रै रहेको र फर्कापछि मात्रै अन्य मानिस चढ्ने तयारी गरेकाले कुनै अप्रिय घटना नभएको उहाँको भनाई छ ।

गाडीका चालक गाडीमा ब्रेक फेल भएर झर्न थालेपछि गाडीबाट हामफालेका थिए ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार