Breaking News: काेराेनाका कारण राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित

काठमाण्डाै, २० बैशाख २०७८ ।

राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । आउँदो जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भएको जनगणनाको कार्यक्रम काेराेनाका कारण तत्कालका लागि स्थगित हाे ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले जनगणनाको काम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।

अहिले गणक तथा सुपरीवेक्षक लागि आवश्यक तालिम तथा सूचीकरणको काम चलिरहेको थियो ।  १२ औं जनगणनाका लागि देशभर ४३ हजार गणक खटिएका छन् । कोरोना महामारी कम भएपछि पुनः मिति तय हुने मन्त्री गुरुङले बताउनुभयो । नेपालमा हरेक १०/१० वर्षमा जनगणना हुँदै आएको छ । नेपालमा २०७८ सालमा जनगणना हुँदैछ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्