सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बार्षिकोत्सवको अवसरमा डस्विन वितरण

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३ कात्तिक २०७९ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाले सरसफाई सहित डस्विन वितरण गरेको छ । कम्पनीको पाचौं बार्षिकोत्सवको अवसरमा बागलुङ नगरपालिका १ मा रहेको शहीद स्मृति पार्क र गण्डकी गोल्डेन बृज वरिपरी सरसफाई गरी डस्विन वितरण गरेको हो ।

कार्यक्रममा एरिया ब्रान्च मेनेजर दीपेन्द्र लम्सालले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै संस्थाले सरसफाईको क्षेत्रमा सानो भएपनि सहयोग गरेको बताउनुभयो । कार्यक्रममा बागलुङ नगरपालिका वडा नं –१ का वडा अध्यक्ष जय केसीले संस्थाले गरेको सहयोग प्रति धन्यवाद दिँदै कार्यक्रमको प्रशंसा गर्नुभयो । यस्ता कार्यक्रमले समाजमा सकरात्मक परिवर्तन ल्याउने तथा स्वास्थ्यसँग सम्बन्धित रहेकोले यस्ताखाले कार्यक्रमहरु निरन्तर भैरहनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको अवसरमा रामरेखा सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष कर्ण बहादुर बोहोराले यस्तो कार्यक्रम निरन्तर रुपमा चलिरहेमा समुदाय र यस कम्पनी बिच सुमधुर सम्बन्ध कायम हुने बताउनुभयो । कम्पनीले कार्तिक २ गते आफ्नो स्थापनाकालको पाचौँ वर्ष पूरा गरेर छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले सप्ताहव्यापी विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै भव्य रुपमा मनाउने क्रममा देशैभरि विभिन्न कार्यक्रमहरु सञ्चालन भएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बागलुङ शाखाका शाखा प्रमुख कमला शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स बागलुङ शाखामा कार्यरत कर्मचारी र अभिकर्ताहरु सहित सरोकारवालाहरुको उपस्थित रहेको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार