सिवाईसी साकोसको अर्को प्रगति: एकै दिन जैमिनीका दुई ठाउँमा सेवा केन्द्र विस्तार

राजेश आचार्य
बागलुङ माघ १९

बागलुङको सिवाईसी वचत तथा ऋण सहकारी सस्थाले जिल्लाको जैमिनी नगरपालिकामा एकै दिन दुई वटा सेवा केन्द्र विस्तार गरेको छ । बागलुङका सवै स्थानिय तहमा सेवा विस्तार गरेको सहकारीले वडा स्तरमा सेवा विस्तार थालेको हो ।

सिवाईसी साकोसले सोमवार बागलुङको जैमिनी नगरपालिका वडा नम्वर ७ जैदीको चौर र वडा नम्वर ६ अर्जेवाको ओख्लेमा १५ औ र १६ औ सेवा केन्द्र विस्तार गरेका स.स्थाले जनाएको छ । जैमिनी नगरपालिकाको सेवा केन्द्र उद्घाटन गर्दै नगरप्रमुख इन्द्रराज पौडेलले सहकारी मध्य सिवाईसी जिल्लाको फरक पहिचान वोकेको सहकारी रहेकोले सदस्यको सन्तुष्टीको लागी सहकारी क्रियाशिल रहेको बताउनु भयो । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सचिव नवराज पौडेल , जैमिनी नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष विजय अधिकारी, सिवाइसी साकोसका संचालक कृष्ण रिजाल , शेयर सदस्य दिपेन्द्र अधिकारी लगाएतले वोल्नु भएको थियो ।

यस्तै १६ औ सदस्य सेवा केन्द्र अर्जेवाको उद्घाटन गर्दै सिवाईसी वचत तथा ऋण सहकारी सस्था लिमिटेडका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले सिवाईसी वचत तथा ऋण सहकारीले जिल्लाका दुर दराजका सवै नागरिकलाई वित्तिय र गैर वित्तिय सेवा दिन सहकारी स्थापना भएको वताउनु भयो । बचत गर्ने बानीको विकास नहुदा गरिवि झेल्नु परेकोले गरिवि अन्तको लागी सहकारीले काम गर्ने वताउनु भयो ।

कार्यक्रममा नेपाली काग्रेस बागलुङका जिल्ला सचिव नवराज शर्मा, जनशिक्षित माविका प्र.अ. नारायण चालिसे, सिवाइसी साकोस केन्द्रीय संचालक कृष्ण प्रसाद रिजाल, जैमिनी ६ का वडा सदस्य केशवराज शर्मा, पत्रकार सुजन प्रेमी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेको थिए । सिवाइसी वचत तथा ऋण सहकारी सस्था अर्जेवा सेवा केन्द्रका संयोजक दल वहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बागलुङ जिल्लाका १६ स्थानमा सेवा विस्तार गरेको सहकारीले आगामी २१ र २२ गते म्याग्दी र पर्वतमा सेवा केन्द्र विस्तारको तयारी गरेको अध्यक्ष पौडेलले वताउनु भयो ।

१३ हजार ४ सय ७७ शेयर सदस्य रहेको सहकारीमा शेयर पूजी २४ करोड ६ लाख ४० हजार ,वचत १ अर्व २७ करोड १६ लाख ३९ हजार रहेको भने कुल पूजी १ अर्व ७२ करोड ३ लाख २५ हजार रहेको छ । सेवा केन्द्र उद्घाटनका क्रममा अर्जेवा र जैदीमा एकै दिन ७५ जना शेयर सदस्य बनेका थिए ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्